Kathmandu Press

हिमपातका कारण दैनिक जीवनयापनमा समस्या

म्याग्दी, माघ २२ : हिमपातका कारण मुस्ताङ र म्याग्दीको ग्रामीण क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र सदरमुकाम जोमसोमदेखि...
हिमपातका कारण दैनिक जीवनयापनमा समस्या

म्याग्दी, माघ २२ : हिमपातका कारण मुस्ताङ र म्याग्दीको ग्रामीण क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र सदरमुकाम जोमसोमदेखि जिल्लाका पाँचवटै स्थानीय तह र वडाका केन्द्र जोड्ने सडक अवरुद्ध भएका हुन्। 

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सडकमा हिउँ जमेपछि सवारी साधन आवतजावत हुन नसकेको बताए। ‘आन्तरिक र बाह्य यातायात सम्पर्क बिच्छेद भएको छ,’ उनले भने, ‘हिउँ पर्न रोकिएपछि एक्जााभेटर परिचालन गरेर सडक खुलाउने योजना बनाएका छौं।’ 

बेनी–जोमसोम सडकको लेते–जोमसोमखण्ड, जोमसोम–मुक्तिनाथ र कागबेनी–कोरला सडकमा यातायातका साधन नचलेकाले स्थानीयवासी, तीर्थयात्री र पर्यटक गन्तव्यमा पुग्न सकेका छैनन्। ढुवानी र बिकास आयोजनाको काम पनि ठप्प भएको छ।

Hardik ivf

बिहीबार दिउँसोदेखि सुरु भएको हिमपात आज बिहान रोकिए पनि सबैतिर  तीन फिट बाक्लो हिउँ जमेकाले जोमसोम विमानस्थलबाट हवाई उडान पनि हुन सकेको  छैन। पहाडी बस्ती र डाँडा सेताम्मे भएका छन्। 

उपल्लो मुस्ताङको तापक्रम माइनस १५ डिग्रीमा झरेको छ। खोला, धारा र कुवामा पानी जमेको छ। घरभित्रै बसेका सर्वसाधारणले हिउँ पगालेर पानी उपयोग गरेका छन्। चौँरी, भेडा र च्याङ्ग्रालाई सुक्खा घाँस खुवाएर गोठमै राखिएको छ।

मुस्ताङमा अहिले दोस्रो पटक हिमपात भएको हो। यसअघि गत पुस दोस्रो हप्ता हिमपात भएको थियो। हिमपातले स्याउ र हिउँदेबालीलाई फाइदा गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले बताए। 

हिउँले जमिनको सतहबाट भित्री सतहसम्म सिँचाइ गर्ने भएकाले अन्नबाली सप्रिनाका साथै फलफूल र  तरकारीमा सिंचाइ हुने उहाँले बताए। स्याउको फूल खेल्न र परागसेचन प्रक्रियाका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ। उपल्लो मुस्ताङमा माइनस १५ डिग्री तापक्रम पुगेकाले स्थानीयवासीको जनजीवन अस्तव्यस्त बनेको छ।

हिमपातका कारण म्याग्दीको ग्रामीण क्षेत्रको यातायात सेवा रोकिएको र दरबाङ–मुना, पोखरेबगर–चित्रे, फलामेडाँडा राम्चेलगायत ग्रामीण सडकमा हिउँ थुप्रिएपछि यातायातका साधन थन्किएका छन्। 

हिउँले पैदलमार्ग अवरुद्ध बनाएपछि धवलागिरि गाउँपालिका वडा १ गुर्जामा यातायात सम्पर्क बिच्छेद भएको त्यहाँका वडाध्यक्ष झंक छन्त्यालले बताए। उहाँका अनुसार २५० घरधुरीले उपभोग गर्दै आएको गुर्जाको इङलेखोला लघु जलविद्युत् परियोजना पनि बन्द भएको छ। 

धवलागिरी गाउँपालिका–२ लुलाङका वडाध्यक्ष गमप्रसाद विकले हिमपातसँगै बढेको चिसोले जनजीवन कष्टकर बनेको बताए। आवतजावत गर्न र गाईबस्तुलाई आहाराको समस्या भएको उनले जानकारी दिए। 

प्रकाशित मिति: १३:४९ बजे, शनिबार, माघ २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्