Kathmandu Press

बाँके घटनाकाे विराेधमा कांग्रेसद्वारा प्रतिनिधिसभाकाे दाेस्राे बैठक पनि अवरुद्ध

काठमाडाै‌, भदाै २९: प्रमुख प्रतिपक्षी दल कांग्रेसले बाँकेकाे खजुरामा तीन दिनअघि नेता–कार्यकर्तामाथि भएको आक्रमणमा संलग्नमाथिमा कारबाहीको माग गर्दै....

बाँके घटनाकाे विराेधमा कांग्रेसद्वारा प्रतिनिधिसभाकाे दाेस्राे बैठक पनि अवरुद्ध
काठमाडाैंप्रेस

काठमाडाै‌, भदाै २९: प्रमुख प्रतिपक्षी दल कांग्रेसले बाँकेकाे खजुरामा तीन दिनअघि नेता–कार्यकर्तामाथि भएको आक्रमणमा संलग्नमाथिमा कारबाहीको माग गर्दै प्रतिनिधि सभाको आजको दोस्रो बैठक पनि अवरुद्ध गरेकाे छ।

दोस्रो बैठक सुरु भएपछि सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुखले अर्को बैठक २०७६ भदौ ३० गते सोमबार दिनको ३ बजे बस्ने गरी  स्थगित गरेका हुन् ।

यसअघि पहिलो बैठकमा गृहमन्त्री रामबहादुर थापाले घटनाबारे दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसदहरुले विरोध जनाएपछि बैठक १० मिनेटका लागि स्थगित भएको थियो।

प्रकाशित मिति: १६:५९ बजे, आइतबार, भदौ २९, २०७६