Kathmandu Press

गाेली प्रहार गरी युवककाे हत्या, रकम लुटेर अपराधी फरार

भैरहवा : रुपन्देहीकाे रोहिणी गाउँपालिका- ३ स्थित रोहिणीखाेलानजिक गोली प्रहार गरी स्थानीय ४० वर्षीय महेन्द्र कुर्मीकाे हत्या गरिएकाे छ। 

रुपन्देहीका....

गाेली प्रहार गरी युवककाे हत्या, रकम लुटेर अपराधी फरार
काठमाडाैंप्रेस

भैरहवा : रुपन्देहीकाे रोहिणी गाउँपालिका- ३ स्थित रोहिणीखाेलानजिक गोली प्रहार गरी स्थानीय ४० वर्षीय महेन्द्र कुर्मीकाे हत्या गरिएकाे छ। 

रुपन्देहीका एसपी हृदय थापाले दिएकाे जानकारीअनुसार, गोली लागेर ओमसतिया ५ पट्खौलीका कुर्मीकाे मृत्यु भएको हाे । मृतकको बायाँ कुममा गोली लागेको प्रहरीले जनाएकाे छ ।

मृतक कुर्मीले भैरहवास्थित एक बैंकबाट रकम निकालेर आफ्नो घरतर्फ जाँदै थिए। संघीय इकाइ प्रहरी कार्यालय भैरहवाका प्रहरी नायब उपरीक्षक चन्द्र थापाले मोटरसाइकलमा सवार दुईजना युवाले उनलाई गोली हानी उनीसँग भएकाे रकमसमेत लुटेर फरार भएको जानकारी दिए। उनका अनुसार गोली प्रहार गर्ने युवाले प्रयोग गरेको मोटरसाइकलको नम्बर प्लेटमा रातो रंग दलिएको थियो । 

गोली कसले र किन चलाएको भन्ने विषय नखुलेको उनले बताए । गोली प्रहार गर्ने युवा फरार भएको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६:३० बजे, आइतबार, भदौ २९, २०७६