Kathmandu Press

हिमपातले नगरकोटदेखि रानीकोटसम्म पर्यटकको ओइरो

भक्तपुर, माघ २१ : शुत्रबार बिहान एकै छिन घाम झुल्किए पनि त्यसपछि पुनःपरेको वर्षासँगैको हिमपातले पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो लागेको...
हिमपातले नगरकोटदेखि रानीकोटसम्म पर्यटकको ओइरो
हिमपातपछि रानीकोटको हाइल्याण्ड रिसोर्ट। तस्बिरः रासस

भक्तपुर, माघ २१ : शुत्रबार बिहान एकै छिन घाम झुल्किए पनि त्यसपछि पुनःपरेको वर्षासँगैको हिमपातले पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो लागेको छ ।

शुक्रबार दिउँसो १२ बजेदेखि हिउँ पर्न थालेपछि पर्यटकीय क्षेत्र सूर्यविनायक नगरपालिका–८ रानीकोटमा २ बजेपछि आन्तरिक पर्यटकको ओइरो लागेको पर्यटन व्यवसायी रामसुन्दर बकेँले जानकारी दिए।

Hardik ivf

‘कोरोनाले थलापरेको पर्यटकीय क्षेत्रमा आज परेको हिउँले रौनक बढाएको छ, व्यवसायमा आशा पलाएको छ,’ व्यवसायी बकेँले भने, ‘आज हिउँ पर्न थालेपछि अचानक पर्यटकको आगमन बढेको छ, पर्यटक हिउँमा रमाएर धेरै पर्यटक बास बस्ने गरी आउँदा हामी खुसी छौँ ।’

हिमपातपछि सेताम्मे नगरकाेट ।

भक्तपुर वरिपरिका सबै डाँडा हिउँले सेताम्मे भएका छन् । पर्यटकीय क्षेत्र चाँगुनारायण, त्रिशुल डाँडा, तेलकोट, नगरकोट, बतासे डाँडा, नगरकोट टावर, बोझिनी, कलमसीलगायतका क्षेत्रमा बाक्लो हिउँ परेको छ ।

हिउँ परेपछि पर्यटकीय क्षेत्र नगरकोटमा हिउँ खेल्न जाने र रमाउने आन्तरिक पर्यटकको ओइरो लागेको छ । दिउँसो १ बजे पछिनै नगरकोटमा आन्तरिक पर्यटकको चाँप ह्वात्तै बढेको नगरकोटस्थित होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले बताए।

‘दिउँसोदेखि नै आन्तरिक पर्यटकको चाप बढेको छ, राति बस्ने गरी धेरै पर्यटक आएभएक छन्,’ उनले भने, ‘तीन वर्षपछि नगरकोटमा परेको हिउँले पर्यटन व्यवसायमा थप ऊर्जा मिलेको छ।’

प्रकाशित मिति: १९:२० बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्