हावाहुरीकाे कारण मधेश प्रदेशमा तीन जनाकाे मृत्यु
काठमाडाैं, माघ २१ : हावाहुरीकाे कारण मधेश प्रदेशमा तीनजनाकाे मृत्यु भएकाे छ। बिहीबार रातिदेखि आएको हावाहुरीले रूख ढल्दा धनुषामा दुई बालबालिका र रौतहटमा...
काठमाडाैं, माघ २१ : हावाहुरीकाे कारण मधेश प्रदेशमा तीनजनाकाे मृत्यु भएकाे छ। बिहीबार रातिदेखि आएको हावाहुरीले रूख ढल्दा धनुषामा दुई बालबालिका र रौतहटमा एक महिलाको मृत्यु भएको हाे।
प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको हाे।
त्यसैगरी रौतहटको बौधीमाई नगरपालिका–१ स्थित इँटाको घर ढल्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको छ।
प्रकाशित मिति: १९:१२ बजे, शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












