काठमाडौं, भदै २९ । लोडेसेडिङ हटाएर उत्कृष्ट व्यवस्थापक बनेका कुलमान घिसिङ विद्युत् प्राधिकरणक...." />

काठमाडौं, भदै २९ । लोडेसेडिङ हटाएर उत्कृष्ट व्यवस्थापक बनेका कुलमान घिसिङ विद्युत् प्राधिकरणक...." />

काठमाडौं, भदै २९ । लोडेसेडिङ हटाएर उत्कृष्ट व्यवस्थापक बनेका कुलमान घिसिङ विद्युत् प्राधिकरणक....">

Kathmandu Press

कुलमानको नेतृत्व चार वर्ष लाग्दा विद्युत  प्राधिकरण सात अर्ब नाफामा

काठमाडौं, भदै २९ । लोडेसेडिङ हटाएर उत्कृष्ट व्यवस्थापक बनेका कुलमान घिसिङ विद्युत् प्राधिकरणक....

कुलमानको नेतृत्व चार वर्ष लाग्दा विद्युत  प्राधिकरण सात अर्ब नाफामा
फाइल फोटो

काठमाडौं, भदै २९ । लोडेसेडिङ हटाएर उत्कृष्ट व्यवस्थापक बनेका कुलमान घिसिङ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक नियुक्त भएर आएको तीन वर्ष पूरा भएर चार वर्ष लाग्दा नेपाल विद्युत् प्राधिकरणले यस वर्ष ७ अर्ब २० करोड रुपैयाँ नाफा गर्न सफल भएको छ ।

कुलमान घिसिङले प्राधिकरणको नेतृत्व समाल्दा आर्थिक वर्ष २०७२र७३ मा प्राधिकरणको घाटा ८ अर्ब ८९ करोड थियो ।

अर्को वर्ष नै कुलमान घिसिङले प्राधिकरणलाई नाफामा लैजान सफल भएका थिए ।

कुलमान घिसिङ आएको समयमा प्राधिकरणमा ३४ अर्ब ६१ करोड रुपैयाँ सन्चिती नोक्सान थियो । अहिले प्राधिकरण १५ अर्ब २२ करोड रहेको छ ।

प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३५ अर्ब ७ करोड आम्दानी रहेकोमा गत आर्थिक वर्षमा ७३ अर्ब ४६ करोड पुगेको छ ।

घरबेटीलाई  बिजुलीको बढी पैसा नलिन आग्रह

तीन वर्ष पुगेको अवसरमा आइतबार प्राधिकरणमा पत्रकार सम्मेलन गरेका कार्यकारी निर्देशक घिसिङले घरबेटीले बिजुलीको व्यापार गर्न नपाउने बताएका छन् । घरबेटीले भाडावालबाट बिजुलीको पैसा बढी लिएर प्राधिकरणलाई कम तिर्ने अनि आफू नाफा खाने गरेको उनले बताए । 

उनले भाडामा बस्ने ग्राहकले बढी महसुल तिर्नुपरेको गुनासो आएको बताउँदै भने, “जति बिल आउँछ, त्यति तिर्नुस् । घरबेटीले प्रतियुनिट महसुल बढाएर व्यापार गर्न पाउँदैन । बरू भाडा बढी लिनुस्ऽ बिजुलीको महसुल बढी नलिनुस् । १३ रूपैयाँ प्राधिकरणलाई तिर्ने अनि भाडावालसँग २० रुपैयाँ लिन पाइँदैन ।”

 

प्रकाशित मिति: १५:५८ बजे, आइतबार, भदौ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्