Kathmandu Press

पत्रकार राईको निधनप्रति पत्रकार महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौं, माघ २१ : नेपाल पत्रकार महासङ्घले पत्रकार कमलराज राईको निधनप्रति दुःख व्यक्त गरेको छ। महासङ्घ, काठमाडौँ शाखाका कार्यसमिति सदस्य कमलराज राईको हृदयघातका कारण...
पत्रकार राईको निधनप्रति पत्रकार महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौं, माघ २१ : नेपाल पत्रकार महासङ्घले पत्रकार कमलराज राईको निधनप्रति दुःख व्यक्त गरेको छ। महासङ्घ, काठमाडौँ शाखाका कार्यसमिति सदस्य कमलराज राईको हृदयघातका कारण ४५ वर्षको उमेर बिहीबार दिउँसो निधन भएको थियो। 

हृृदयघात भएपछि उपचारका लागि तत्काल मित्रपार्कस्थित नेपाल–भारतमैत्री अस्पताल पु¥याएका पत्रकार राईको उपचारकै क्रममा सोही दिन ४ बजे निधन भएको थियो।

Hardik ivf

लामो समयदेखि काठमाडौँमा रही सक्रिय पत्रकारिता गरिरहेका पत्रकार राई पछिल्लो समय प्रभाव दैनिकमा सम्पादकका रूपमा कार्यरत थिए।  

महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पत्रकार राईको  निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मिहेनती, जुझारु, निडर र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासङ्घले सक्रिय सदस्य गुमाएको छ। महासङ्घ स्व पत्रकार राईप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछ।’

प्रकाशित मिति: १६:४३ बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्