अझै तीन दिन देशभर वर्षा हुने
काठमाडौं, भदौ २९ : मनसुन सक्रिय रहेकाले अझै तीन दिन देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाक....

काठमाडौं, भदौ २९ : मनसुन सक्रिय रहेकाले अझै तीन दिन देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुन सक्रिय रहेकाले देशभर मौसम बदली हुनेछ। मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण मनसुनी गतिविधि केही सक्रिय भएको मौसमविद् शान्ति कँडेलले बताइन्।
‘अझै तीन दिन देशभर हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको र सो अवधिभर वर्षा अविरल नभई केही समय बलदी हुने केही समय वर्षा हुने क्रम निरन्तर भइरहनेछ,’ उनले भनिन्।
हाल देशभर आंशिकदेखि सामान्य बदली भई मध्य पहाडी भेगलगायत पूर्वी तथा पश्चिमी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहितको वर्षा हुने जनाएको छ। त्यस्तै, मध्य तथा पूर्वी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहिरो जान सक्ने तथा सडक र हवाई यातयातमा सामान्य अवरोध आउन सक्ने जनाएको छ।











-1784808429.png)