Kathmandu Press

ट्रिपर र भ्यान ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

चितवन, माघ २१ : भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा आज ट्रिपर र मारुती भ्यान एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई...
ट्रिपर र भ्यान ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

चितवन, माघ २१ : भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा आज ट्रिपर र मारुती भ्यान एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ११ च ५७८८ नं को मारुती भ्यान र विपरीत दिशाबाट गइरहेको लु २ ख १७०१ नं को ट्रिपर एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो। 

Hardik ivf

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भ्यानमा सवार धादिङको गल्छी गाउँपालिका–१ की ३६ वर्षीया निशा ढुङ्गाना र उनको नौ वर्षीय छोरा निमेश ढुङ्गाना रहेका छन्। भ्यानका चालक ३५ वर्षीय राजकुमार ढुङ्गाना र मृतककी आमा राप्ती नगरपालिका–३ की ५८ वर्षीय धिरमायाँ ओली घाइते भएका छन्।

ओलीको अवस्था गम्भीर रहेको र ढुङ्गानाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते दुबैजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार उनीहरूको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। कार्यालयका अनुसार एकै परिवारका सवार भ्यानलाई ठक्कर दिने ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रकाशित मिति: १५:५९ बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्