Kathmandu Press

म्याग्दीमा हिमपात, पर्यटकीयस्थलमा चहलपहल

म्याग्दी, माघ २१ : म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। गएराति अविरल वर्षासँगै हिमपात भएको हो। हिमपातका कारण चिसो बढेपछि...
म्याग्दीमा हिमपात, पर्यटकीयस्थलमा चहलपहल

म्याग्दी, माघ २१ : म्याग्दीको हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। गएराति अविरल वर्षासँगै हिमपात भएको हो। हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ। यहाँका पर्यटकीयस्थलमा भने चहलपहल सुरु भएको छ। 

उच्च पहाडी क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो। बिहीबार साँझदेखि अहिलेसम्म डेढफिटसम्म हिउँ परेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। हिमपातका कारण स्थानीय लघुजलविद्युत् परियोजना अवरुद्ध भएको छ।

Hardik ivf

धवलागिरि गाउँपालिकाको अधिकांश क्षेत्रमा हिमपात भएको छ। त्यसैगरी रघुगङ्गा, मङ्गला, मालिका, अन्नपूर्ण गाउँपालिका तथा बेनी नगरपालिकाको उच्च पहाडी भेगमा हिमपात भएको छ। सदरमुकाम बेनीदेखि नजिकैका पर्यटकीयस्थल रुइसे, टोड्केलगायतका स्थानमा हिउँ  खेल्न आन्तरिक पर्यटक पुग्न थालेका छन्। 

हिमपात र वर्षापछि किसान उत्साहित छन्। गहुँ, जौँ, केराउलगायत हिउँदेबालीमा सिँचाइ र खेतमा मकै छर्ने तयारी गरेका किसानलाई वर्षा र हिमपातले राहत मिलेको छ।

प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्