Kathmandu Press

पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ, माघ २१ : ताप्लेजुङमा यस वर्ष चौथो पटक  हिमपात भएको छ। समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा...
पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ, माघ २१ : ताप्लेजुङमा यस वर्ष चौथो पटक  हिमपात भएको छ। समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ। 

हिमपातले बाटो अवरुद्ध भएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए। उनले भने, ‘आज ३० तीर्थयात्री पाथीभरा मन्दिर क्षेत्र प्रवेश गरेका छन्। हिमपात जारी छ। हिउँले बाटो पूरै छोपिएको छ।’ 

Hardik ivf

पाथीभरामा जानुभन्दा पनि फकिर्न समस्या हुने गरेको महतले बताए। मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्दछ। ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुन्छ। पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात सुरु भएको हो।

समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा समेत हिमपात भएको छ। हिमपातका कारण चिसो अत्यधिक बढेको छ।

बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएको घुन्साका केल्साङ शेर्पाले जानकारी दिए। हिमपातले जनजीवन प्रभावित हुनाका साथै पशुचौपायसमेत प्रभावित बनेको उनले बताए।  

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुगोला र भले, ग्याप्ला बस्तीमा पनि बाक्लो हिमपात भएको छ।  मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङ बस्तीमा हिमपात अझै जारी रहेको मिक्वाखोला गाउँपालिका–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताए।

सदरमुकाम फुङ्लिङ बजारमा पनि चिसो बढेको छ । यसअघि पहिलो पटक पुस १३ र १४ गते दोस्रो पटक पुस २९ गते तथा तेस्रो पटक यही माघ ७ गते हिमपात थियो।

प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्