एसियन सेन्ट्रल जोन भलिबल उपाधि विजेता महिला टिम सम्मानित

काठमाडाैं, माघ २१ : गतमहिना बंगलादेशमा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको विजेता नेपाली महिला भलिबल टिम सम्मानत भएको छ। प्रधानमन्त्री शेरबहादुर दउवाले महिला भलिबल टिमलाई शुक्रबार नगदसहित सम्मान गरेका हुन्।
सरकारले उपाधि विजेता टिमका १२ खेलाडीलाई जनही पाँच लाख, प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई तीन लाख तथा व्यवस्थापकलाई दुई लाख रुपैयाँसहित सम्मान गरेको हो।
महिला भलिबल टिमलाई सम्मान गर्दै प्रधामनत्ती देउवाले खेलकुदमार्फत देशको नाम र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने महत्वपूर्ण र प्रभावकारी माध्यम भएको भन्दै खेलाडीको सुविधा विस्तारको विषयमा आवश्यक व्यवस्था मिलाउन सरकारले पहल गर्ने बताए । उनले भलिबलको माध्यमबाट नेपालको शीर उँचो बनाउन खेलाडीहरुले गरेको मेहनत अति नै प्रशंसनीय भएको बताए ।
प्रकाशित मिति: १५:०६ बजे, शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











