Kathmandu Press

हृदयाघातका कारण पत्रकार राईको निधन

काठमाडौँ, माघ २१ : पत्रकार कमलराज राईको ४५ वर्षको उमेरमा निधन भएको छ।नेपाल पत्रकार महासंघ काठमाडौं कार्यसमिति सदस्यसमेत रहेका राईको हृदयघातका कारण बिहीबार...
हृदयाघातका कारण पत्रकार राईको निधन

काठमाडौँ, माघ २१ : पत्रकार कमलराज राईको ४५ वर्षको उमेरमा निधन भएको छ।
नेपाल पत्रकार महासंघ काठमाडौं कार्यसमिति सदस्यसमेत रहेका राईको हृदयघातका कारण बिहीबार निधन भएको हो।

बिहीबार दिउँसो हृदयाघात भएपछि उपचारका लागि उनलाई मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।

उनी पछिल्लो समय प्रभाव दैनिकमा सम्पादकका रूपमा कार्यरत थिए। उनको पार्थिव शरीर आज बिहान गृह जिल्ला ओखलढुंगा लगिएको छ।

प्रकाशित मिति: १४:०९ बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्