Kathmandu Press

गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

काठमाडौं, माघ २१ : काठमाडौंको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन्। नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो। 

नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य  मापदण्ड पूरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ। मापदण्ड पुरा गरे÷नगरेको अनुगमन गर्ने नगरपालिकाका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिए।

विद्यालय सम्बद्ध विभिन्न पेशागत संघ संगठनको मागअनुसार कक्षा सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ। 

प्रकाशित मिति: १३:४१ बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्