Kathmandu Press

इजिप्ट नेसन्सको फाइनलमा, क्यामरुन स्तब्ध 

काठमाडौं, माघ २१ : इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको छ। बिहीबार राति भएको खेलमा घरेलु टोली क्यामरुनलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट उपाधी...
इजिप्ट नेसन्सको फाइनलमा, क्यामरुन स्तब्ध 

काठमाडौं, माघ २१ : इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको छ। 

बिहीबार राति भएको खेलमा घरेलु टोली क्यामरुनलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट उपाधी नजिक पुगेको हो । खेलको निर्धारित समयमा दुवै टोलीको तर्फबाट कुनै गोल नभएपनि खेल पेनाल्टी सुटआउटमा गएको हो।

 पेनाल्टी सुटआउटमा इजिप्टका गोलकिपर खेलको नायक बने। क्यामरुनले गरेको चार पेनाल्टीमध्ये १ मात्र गोल भयो। इजिप्टले प्रहार गरेको सबै ३ पेनाल्टीमा गोल गर्‍यो। 

यससँगै अब इजिप्टले फाइनलमा आइतबार सेनेगलको सामना गर्नेछ। 

प्रकाशित मिति: ०७:३९ बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्