Kathmandu Press

बिल्वाओ कोपा डेल रेको सेमिफाइनलमा, रियल म्याड्रिड बाहिरियो

काठमाडौं, माघ २१ : रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा एथ्लेटिक...
बिल्वाओ कोपा डेल रेको सेमिफाइनलमा, रियल म्याड्रिड बाहिरियो

काठमाडौं, माघ २१ : रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग १–० गोल अन्तरले पराजित हुँदै रियल मड्रिड कोपा डेल रेबाट बाहिरिएको हो । 

रियलको हारसँगै एथ्लेटिक बिल्बाओ सेमिफाइनलमा पुगेको छ। एथ्लेटिक बिल्बाओलाई जिताउन एलेक्स बेरेन्गुएरले गरेको गोल नै निर्णायक बन्यो । 

यस अघि बिल्वाओले अर्को ला लिगा क्लब बार्सिलोनालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो । अब, फाइनल प्रवेशका लागि बिल्वाओले भ्यालेन्सियाको सामना गर्नेछ  । 

प्रकाशित मिति: ०७:३० बजे, शुक्रबार, माघ २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्