अरिंगाल जसरी किन आक्रमण गरियो? : खाँड
काठमाडौं, भदौ २९ : प्रमुख प्रतिपक्षी दल कांग्रेसका मुख्य सचेतक बालकृृण खाँडले बाँकेको खजुरामा नेकपाका कार्यकर्ताले अरिंगाल शैलीमा आक्रमण गरेको बताएका ....
काठमाडौं, भदौ २९ : प्रमुख प्रतिपक्षी दल कांग्रेसका मुख्य सचेतक बालकृृण खाँडले बाँकेको खजुरामा नेकपाका कार्यकर्ताले अरिंगाल शैलीमा आक्रमण गरेको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै खाँडले नेताको निर्देशनमा उक्त घटना भएको आरोप लगाएका छन्।
उनले गृहमन्त्रीको जवाफ चित्त नबुझे सदनको कारवाही अघि बढ्न नदिने पनि बताए।
प्रतिनिधिसभाको आइतबारको बैठक सुरु हुनेबित्तिकै भाद्र २६ गते भएको उक्त घटनाको विरोध गरे।
‘बाँकको खजुरास्थित रेडक्रसको सभाकक्षमा राष्ट्रिय जागरण अन्तर्गतकोसभा थियो । त्यहाँ बाँके सभापति किरण कोइराला हुनुहुन्थ्यो’, खाँडले भने, ‘कार्यक्रम चलिरहेकोबेला सत्तापक्षीय स्थानीय नेता कार्यकर्ता अरिंगाल जसरी आउनुभो । पार्टी नेताले निर्देशन दिएबमोजिम । हलभित्र सभापति महिला नेतृमाथि आक्रमण गरेर हात भाँचिएको छ । दर्जनौँ घाइते । यो निन्दनीय घटनाको घोर भत्र्सना गर्छु।’






