Kathmandu Press

जनमत पार्टीका २६ कार्यकर्ता पक्राउ

जनमत पार्टीका २६ कार्यकर्ता पक्राउ
Hardik ivf

जनकपुर, माघ २० : सवारी साधनमा तोडफोड गरेको भन्दै प्रहरीले आज सिरहाको विभिन्न स्थानबाट जनमत पार्टीका दुई दर्जनभन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया, गोलबजार, चोहर्वा, धनगढी, लहानलगायत स्थानमा सवारी साधनमा ढुङ्गामुढा गरी तोडफोड गर्ने र यातायात बन्द गराउँदै हिँडेका जनमत पार्टीका २६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।

सिरहाको नरहा गाउँपालिका–३ स्थित नयाँ चोहर्वामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको ट्याङ्करमा ढुङ्गामुढा गरी तोडफोड गर्ने क्रममा १३ जना र बाँकी अन्य ठाउँबाट पक्राउ परेको उनले बताए। ट्याङ्करमा तोडफोड़ गरेर भाग्ने क्रममा जनमतका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप हुँदा एक प्रहरी हवल्दार सामान्य घाइते भएको सिरहा प्रहरीले जनाएको छ। जनमत पार्टीले किसानको माग सम्बोधन नभएको भन्दै आजदेखि पूर्वपश्चिम राजमार्गमा बन्द आह्वान गरेको हो। बन्दका कारण राजमार्गमा बिहानैदेखि यातायात साधन नचल्दा यात्रुहरु अलपत्र परेका छन्। 

प्रकाशित मिति: २०:५२ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्