Kathmandu Press

एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छ : अध्यक्ष नेपाल

काठमाडाैं, माघ २० : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन।उदयपुरका...
एकीकृत समाजवादीले देश निर्माण गर्ने अभिभारा पूरा गर्छ : अध्यक्ष नेपाल
Hardik ivf

काठमाडाैं, माघ २० : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन।

उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमान्दार कम्युनिष्ट समर्पित रहेकाले उनीहरुसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताए। क्रान्तिकारी बाटोबाट विचलित भएको नेकपा (एमाले) परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको उनको भनाइ थियो। अध्यक्ष नेपालले भने, 'हामीसँग प्रतिगमनका विरुद्ध लडने गतिशिलता छ, नदीको प्रवाहलाई पछाडि धकेल्न कसैले सक्तैनन्।' पूर्वप्रधानमन्त्री नेपालले एमालेलगायत विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर चलेको उल्लेख गर्दै नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने बताए।

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नवप्रवेशीलाई स्वागत गर्ने क्रममा स्थानीय तहमा जनताका प्रत्यक्ष सरोकारका समस्यालाई केन्द्रमा राखेर समाधान खोज्नसका साथै सङ्गठन विस्तारमा क्रियाशील हुन आग्रह गरे। एमाले निकट मजदुर सङ्गठनका केन्द्रीय सदस्य किशोर चाम्लिङ, राजु राईलगायत एकीकृत समाजवादीमा प्रवेश गरेका हुन।

प्रकाशित मिति: १८:४१ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्