Kathmandu Press

मलद्वारमा एक करोडको सुन लुकाएर ल्याउने पक्राउ

काठमाडौं, माघ २० :  मलद्वारभित्र झण्डै रु एक करोडको  सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।...
मलद्वारमा एक करोडको सुन लुकाएर ल्याउने पक्राउ

काठमाडौं, माघ २० :  मलद्वारभित्र झण्डै रु एक करोडको  सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट एक किलो १५५ ग्राम सुन तथा चार आइफोन बरामद गरेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१० का ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुर मनहरिका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपलिका–३ का दावाछिरिङ शेर्पा छन्।

Hardik ivf

उनीहरुमध्ये शेर्पाले सुन मलद्धारभित्र लुकाएर ल्याएका थिए। तौलिँदा उक्त सुन एक किलो ५५ ग्राम रहेको फेला परेको छ। उनी एयर अरेवियामार्फत सारजहाँ विमानस्थलबाट नेपाल आएका थिए। 

तीनै जनालाई बुधबार अपराह्न पक्राउ गरेको भए पनि आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गरी आज सार्वजनिक गरिएको हो। साह र परियार दुबईबाट हिमालयन एयरमार्फत नेपाल आएका थिए। साहबाट चार थान आइफोन तथा ५० ग्रामको सुनको औँठी र सिक्री बरामद गरिएको छ।

यस्तै परियारबाट आइफोन एक थान र सुनको बेरुवा औँठी दुई थान बरामद गरिएको छ। तीनै जनालाई बरामद सामग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई बुझाइएको छ। 

प्रकाशित मिति: १७:३१ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्