Kathmandu Press

१२ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ

मोरङ, २० माघ : १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सुन्दरहरैंचा नगरपालिका-५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको...
१२ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ

मोरङ, माघ २० : १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सुन्दरहरैंचा नगरपालिका-५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:४८ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्