Kathmandu Press

पाँचथरमा लेक लागेर युवकको मृत्यु

पाँचथर, माघ २० : पाँचथरमा फालेलुङमा लेक लागेर एकजनाको मृत्यु भएको छ। पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धुपीडाँडामा लेक लागेर...
पाँचथरमा लेक लागेर युवकको मृत्यु

पाँचथर, माघ २० : पाँचथरमा फालेलुङमा लेक लागेर एकजनाको मृत्यु भएको छ। पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनीबोटका ३१ वर्षीय विशाल मगरको फालेलुङ–५ धुपीडाँडामा लेक लागेर आज बिहान ३ बजे मृत्यु भएको हो।

भाइ विक्रम मगरसँग बुधबार दिउँसो १२ः३० बजे भारतसँगको सीमा क्षेत्र आहालमा रहेको चौरी गोठतर्फ जान लागेका विशाल घरबाट अन्दाजी १५ किलोमिटरमाथि भएको हिमपातका कारण गोठतर्फ जान नसकी घर फर्केका थिए।

Hardik ivf

घर फर्कने क्रममा धुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस् भएका उनको आज बिहान सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। 

घटनाको जानकारी पाएपछि प्रहरी चौकी प्राङबुङको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए।

प्रकाशित मिति: १३:५६ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्