Kathmandu Press

झापाको मेचीनगरस्थित एसएस फुटवेयर जुत्ता फ्याक्ट्रीमा भीषण आगलागी

काठमाडौं, माघ २० : झापाको मेचीनगर नगरपालिकामा रहेको एसएस फुटवेर जुत्ता फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।मेचीनगर–६ बर्मेली टोलमा रहेका उक्त कारखानामा आज बिहान करिब...
झापाको मेचीनगरस्थित एसएस फुटवेयर जुत्ता फ्याक्ट्रीमा भीषण आगलागी

काठमाडौं, माघ २० : झापाको मेचीनगर नगरपालिकामा रहेको एसएस फुटवेर जुत्ता फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।

मेचीनगर–६ बर्मेली टोलमा रहेकाे उक्त कारखानामा आज बिहान करिब पौने १२ बजेतिर आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरी टोली र स्थानीयले दमकलको सहायतामा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ। 

मेचीनगरकाे दमकल  बिग्रेकाे हुँदा भद्रपुर र बिर्तामोडबाट मगाइएको प्रहरीकाे भनाइ छ। क्षतिको विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्