Kathmandu Press

ललितपुर महानगरले १२ देखि १७ वर्षका बालबालिकालाई आजदेखि फाइजरको दोस्रो डोज दिँदै

काठमाडौं, माघ २० : ललितपुर महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोपको दोस्रो डोज दिने भएको छ।सोमबार एक सूचना जारी...
ललितपुर महानगरले १२ देखि १७ वर्षका बालबालिकालाई आजदेखि फाइजरको दोस्रो डोज दिँदै

काठमाडौं, माघ २० : ललितपुर महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोपको दोस्रो डोज दिन थालेको छ।

सोमबार एक सूचना जारी गर्दै महानगरपालिकाले माघ २० देखि २५ गतेसम्म बालबालिकालाई खोप वितरण गर्ने जानकारी गराएको हो। उक्त सूचनाअनुसार कोरोना विरुद्धको पहिलो डोज लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो डोज दिइने उल्लेख छ।

यस्तै खोप वितरण कार्यक्रम बिहान साढे १० बजेदेखि ४ बजेसम्म सञ्चालनमा रहने जनाइएको छ। खोप केन्द्रहरु भने पहिलो डोज लगाएकै स्थानमा रहने महानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: १३:११ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्