Kathmandu Press

चोरीका मोटरसाइकलसहित दुईजना पक्राउ

काठमाडौं, माघ २० : काठमाडौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन्। उनीहरूका साथबाट चोरीका दुईवटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा...
चोरीका मोटरसाइकलसहित दुईजना पक्राउ

काठमाडौं, माघ २० : काठमाडौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ परेका छन्। उनीहरूका साथबाट चोरीका दुईवटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

मोटरसाइकल चोरीको आरोपमा सुर्खेतको वीरेन्द्रनगर घर भई चावहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने१८ वर्षीया समीर तामाङलाई बिहीबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

Hardik ivf

गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको तामाङको साथबाट वास्तविक नम्बर परिवर्तन गरी बा.प्र. ०२, ०२५ प १३१८ नम्बर हालेको अवस्थामा कालो रातो रङको २२० सिसीको पल्सर मोटरसाइकलसमेत बरामद गरेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए। 

अनुसन्धानपछि वास्तविक नम्बर बा.प्र. ०२ ०२९ प ५२०९ भएको उक्त मोटरसाइकल यही पुस १४ गते भक्तपुर नीलबाराहीबाट हराएको खुलेपछि मोटरसाइकल धनी भक्तपुर बस्ने रामचन्द्र नेपाललाई सम्पर्क गरेको जोशीले जानकारी दिए। तामाङलाई थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी पठाइएको महाशाखाले जनाएको छ।

यस्तै, ललितपुरको सानेपाबाट बा९८प ७९६१ नम्बरको कालो सेतो रङको २०० सिसीको डुक मोटरसाइकलसहित सुर्खेतका महतरालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। महतराले उक्त मोटरसइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरेका थिए। तार्केश्वरका प्रज्वल बोगटीको बास्तविक नम्बर बा९९प ४८८२ भएको उक्त मोटरसाइकल काठमाडौंस्थित भृकुटीमण्डपबाट हराएको भनी ट्राफिक प्रहरी महाशाखामा हुलिया निवेदन दिएका थिए।

मोटरसाइकलसहित पक्राउ परेका महतरालाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १२:३७ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्