Kathmandu Press

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं, माघ २० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो...
बढ्यो सुनको मूल्य, चाँदीको स्थिर
Hardik ivf

काठमाडौं, माघ २० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला  ९१ हजार ७०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित मिति: १२:२१ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्