Kathmandu Press

सेनेगल अफ्रिकन कपको फाइनलमा

सेनेगल लगातार दोस्रोपटक अफ्रिकन कप अफ नेसन्सको फाइनल प्रवेश गर्न सफल भएको छ।
सेनेगल अफ्रिकन कपको फाइनलमा

सेनेगल अफ्रिकन कप अफ नेसन्स (एफकन)को फाइनल प्रवेश गर्न सफल भएको छ। सेनेगल लगातार दोस्रोपटक एफकनको फाइनल पुगेको हो।

बुधबार राती भएको फाइनलमा बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगलले उपाधि भिडन्त पक्का गरेको हो। सेनेगलका लागि अब्डोउ डियालो, इद्रिसा गाना गुए र सादियो मानेले गोल गरे। बुर्किना फासोका इब्राहिम ब्लाटी टोरेले सान्त्वना गोल फर्काए ।

सन् २०१३ को उपविजेता बुर्किना फासोले खेलको ७० मिनेटसम्म सेनेगललाई बराबरीमा रोकेको थियो। तर, ७०औं मिनेटमा डियालोले र ७६औं मिनेटमा इद्रिसाले गोल गर्दै सेनेगललाई २–० को अग्रता दिलाएका थिए।

८२ औं मिनेटमा ब्लाटी टोरेले गोल गर्दै बुर्किना फासोलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, ८७औं मिनेटमा मानेले गोल गर्दै सेनेगलको फाइनल यात्रा पक्का गरे।

अब सेनेगलले आयोजक क्यामरुन र सर्वाधिक ७ पटकको अफ्रिकन च्याम्पियन इजिप्टबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि भिड्नेछ।

प्रकाशित मिति: १०:५६ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्