Kathmandu Press

ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

लमजुङ, माघ २० : लमजुङको राइनास नगरपालिका–६, सिम्लेखोलामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार इँटा लिन जाँदै गरेको...
ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

लमजुङ, माघ २० : लमजुङको राइनास नगरपालिका–६, सिम्लेखोलामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इँटा लिन जाँदै गरेको ग १ त ४४४५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। दुर्घटनामा परी ४३ वर्षीय अमृत चिलुवालको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो।

ट्रयाक्टरमा सवार अन्य दुई जना घाइते भएका छन्। उनीहरु उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अगाडिबाट आउदै गरेको सवारी साधनलाई साइड दिने क्रममा ट्रयाक्टर पल्टिएको हो।

प्रकाशित मिति: ०८:०९ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्