एक घण्टा विमान रोकेपछि यात्रुहरुले पर्यटनमन्त्रीसँग यसरी पोखे आक्रोश (भिडियो सहित)
काठमाडौं, भदौ २८ : संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले शनिबार बुद्ध एयरको नेपालगंज - काठमाडौंको अन्तिम उडान एक घण्टा होल्ड गरेपछि यात्रुहरुले व....
काठमाडौं, भदौ २८ : संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले शनिबार बुद्ध एयरको नेपालगंज - काठमाडौंको अन्तिम उडान एक घण्टा होल्ड गरेपछि यात्रुहरुले विमानभित्रै मन्त्रीलाई प्रश्नमाथि प्रश्न तेर्साएका छन्।
मन्त्रीले बुद्ध एयरमा फोन गरेर विमान एक घण्टा रोकाएका थिए । बुद्ध एयरले पर्यटन मन्त्री भट्टराईको आग्रहमा एक घण्टा विमान उड्न ढिला हुने विमानमा जानकारी गराएको थियो ।
एक घण्टा कुरेर हैरान भएका यात्रुहरुले मन्त्री विमान चढे लगत्तै उनीमाथि प्रश्नै प्रश्न तेर्साएका थिए । मन्त्रीले भने कुनै जवाफ दिएनन् ।
कैलालीको टिकापुरमा आयोजित डल्फिन महोत्सवको उद्घाटनमा गएका मन्त्री भट्टराईले कार्यक्रम ढिला भएकाले विमान होल्ड भएको स्विकार गरेका छन्।
काठमाडौं आएपछि मन्त्री भट्टराईले कार्यक्रम ढिला भएकाले बुद्ध एयरसँग अनुरोध गरेर विमान होल्ड भएको स्विकार गरेका छन् । उनले त्यसप्रति माफि पनि मागेका छन् ।
''आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो'' मन्त्री भट्टराईले भने, ''सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो ।''
उनले भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा आफु रहेका बताएका छन्। उनले नेपालगंज बिमानस्थलमा ३र ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा आफु बिरुद्ध प्रस्तुत भएको पनि बताएका छन् । ''एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले'' मन्त्री भट्टराईले भने, ''सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु । मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।''
यात्रुहरुले मन्त्रीलाई के भने हेनुहोस् यो भिडियोमा






