Kathmandu Press

कांग्रेस बागलुङले बनाउँदै ५० लाखको अक्षयकोष

बागलुङ, माघ २० : नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ।कांग्रेस बागलुङ क्षेत्र नं १ ले...
कांग्रेस बागलुङले बनाउँदै ५० लाखको अक्षयकोष

बागलुङ, माघ २० : नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ।

कांग्रेस बागलुङ क्षेत्र नं १ ले ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको हो। एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए।

Hardik ivf

उनले व्यवस्थित कार्यालय, दक्ष कर्मचारी व्यवस्थापन, प्रत्येक सदस्यको अभिलेखीकरण, समाजिक सञ्जालमा अपडेट, नियमित बुलेटिन प्रकाशन, इतिहासको खोजी, भविष्यको परिकल्पना लगायतका काममा प्रयोग गर्न अक्षयकोष स्थापना गर्न लागिएको हो।

यससँगै प्रभावकारी सञ्चार, प्रशिक्षण कार्यक्रम सञ्चालन, जनता र विकास जोड्ने अभियान सञ्चालन, भातृ तथा शुभेच्छुक र पार्टीका सबै तहसँग नियमित सम्पर्क तथा समन्वय र सहकार्यका लागि अक्षकोष स्थापना गर्न थालेको शर्माले बताए। (रासस)

 

प्रकाशित मिति: ०८:०१ बजे, बिहीबार, माघ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्