Kathmandu Press

४८ क्युफिट काठसहित एक पक्राउ

तनहुँ, माघ १९ : तनहुँको देवघाट गाउँपालिका–५ घिनाटारबाट अवैध सालको काठसहित आज एक जना पक्राउ परेका छन्। पक्राउपर्नेमा भरतपुर महानगरपालिका–७ मङ्गलपुर बस्ने ५१...
४८ क्युफिट काठसहित एक पक्राउ
Hardik ivf

तनहुँ, माघ १९ : तनहुँको देवघाट गाउँपालिका–५ घिनाटारबाट अवैध सालको काठसहित आज एक जना पक्राउ परेका छन्। पक्राउपर्नेमा भरतपुर महानगरपालिका–७ मङ्गलपुर बस्ने ५१ वर्षीय कमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

देवघाट गाउँपालिका–५ घिनाटारस्थित कच्ची सडकमा देवपुरबाट दासढुङ्गा जाँदै गरेको ना२च ७३७५ नम्बरको जीपमा अवैध साल जातको काठ ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले अवैध सालको काठ र जीपसहित चालकलाई पक्राउ परेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

प्रहरीले ७४ थान अर्थात् ४८.९५ क्युफिट बराबरको चिरान काठ बरामद गरेको छ। काठ र जीपसहित चालकलाई आवश्यक कागजातसहित थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय तनहुँमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:४८ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्