Kathmandu Press

प्रदेशसभा नीति निर्माण गर्ने निकाय भन्ने बुझिएन : सभामुख शाही

कर्णाली, माघ १९ : कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णालीमा अहिलेसम्म प्रदेशसभा नीति निर्माण गर्ने निकाय हो भन्ने बुझाइ नभएको बताएका छन। कर्णाली...
प्रदेशसभा नीति निर्माण गर्ने निकाय भन्ने बुझिएन : सभामुख शाही

कर्णाली, माघ १९ : कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णालीमा अहिलेसम्म प्रदेशसभा नीति निर्माण गर्ने निकाय हो भन्ने बुझाइ नभएको बताएका छन। कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसको खुला सप्ताहअन्तर्गत आज आयोजित ‘युवासँग प्रदेशसभा : संवाद कार्यक्रम’मा सभामुख शाहीले प्रदेशसभा सदस्य भनेको योजना माग्ने, विकास निर्माणका कार्य गर्ने व्यक्तिका रूपमा बुझ्ने गरिएको बताए। 'नागरिकले प्रदेशसभा र सदस्यको भूमिकाभन्दा अलि परको अपेक्षा गरेको पाइयो,' उनले भने, 'सरकार र कार्यकारीले गर्ने कामको अपेक्षा विधि निर्माण गर्नेबाट गरिन्छ।'

मुलुकमा नयाँ संरचनामा गएपछि प्रदेशसभाको व्यवस्था र यसको दायरासम्बन्धी जानकारी जनस्तरसम्म पुग्न नसकेकाको उनको भनाइ थियो। सभामुख शाहीले कार्यक्रममा सहभागी युवाले सङ्घ, प्रदेश र स्थानीय तहबीचको आपसी समन्वय, सहकार्य र समझदारीअनुसार कानून बन्छन् वा बन्दैनन्? सभामुख राजनीतिक व्यक्ति हुँदा आएका समस्या, सभा सञ्चालन प्रक्रियामा सभामुखको भूमिकालगायतका विषयमा राखेका जिज्ञासा मेटाएका थिए।
    
त्यस्तै कार्य व्यवस्था परामर्श समितिलगायतका मिनी संसद्, प्रदेशसभा, यसका सीमा, मर्यादा र अनुशासनका विषयमा पनि उनले युवालाई प्रष्ट्याए। उपसभामुख पुष्पा घर्तीले आफ्नो भूमिका र सहभागीले सोधेको कर्णालीको बहुपति तथा बालविवाह प्रथाका विषयमा जवाफ दिए।   

Hardik ivf

अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहले समितिको अध्यक्षले नीति निर्माण, विधेयकको सूक्ष्म अध्ययन, जनताबाट आएका समस्या आआफ्नो क्षेत्र अधिकार रहेर छलफल बैठक बोलाउने, नागरिकसँग साझा सरोकारका विषयमा छलफल गराउने काम, कर्तव्य र अधिकार रहेको बताए।

त्यस्तै सरकारको कामको अनुगमन, निरीक्षण गर्ने गराउने, नियमविपरीत गरेको पाइए तत्काल रोक्न निर्देशन दिनेबारे पनि अध्यक्ष सिंहले जानकारी गराए। सार्वजनिक लेखा समितिका अध्यक्ष पदमबहादुर रोकायले सरकारले गर्ने गतिविधि र कामको लेखाजोखा राख्ने, वित्तीय अनुशासन कायम गराउने क्षेत्राधिकार रहेको बताए।

सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, मानव अधिकारलगायतका क्षेत्रको सूक्ष्म अध्ययन गरी कानून निर्माणमा विकास समितिले आफ्नो भूमिका फराकिलो बनाउँदै लगेको बताए।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सामाजिक शिक्षाअन्तर्गत सिक्ने र सिकाउने कामका लागि खुला संसद्को अभ्यास सुरु गरिएको जानकारी दिए। उनले पहिलो पटक खुला संसद्को अवधारणाबमोजिम कर्णालीमा प्रत्येक महिनाको १५ र २९ गते प्रदेशसभा खुला रहने जानकारी दिए। यही अवधारणाअनुवरुप सभाका गतिविधिको प्रत्यक्ष प्रसारण, वेबसाइटको व्यवस्था, युट्युब च्यानल, फेसबुक, जनतासँग सभामुख कार्यक्रम निरन्तर रहेको जनाइएको छ।

प्रकाशित मिति: २०:१६ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्