Kathmandu Press

दलित समुदायको अधिकारबारे अदालतले दिएको आदेश कार्यान्वयन गर्नुपर्ने माग

काठमाडाैं, माघ १९ : समता फाउण्डेशनले दलित समुदायको अधिकारबारे संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्नुपर्ने माग गरेको छ।...
दलित समुदायको अधिकारबारे अदालतले दिएको आदेश कार्यान्वयन गर्नुपर्ने माग
Hardik ivf

काठमाडाैं, माघ १९ : समता फाउण्डेशनले दलित समुदायको अधिकारबारे संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्नुपर्ने माग गरेको छ। अदालतले मङ्गलबार तीन महिनाभित्र दलितको हकअधिकार सुनिश्चित हुनेगरी आवश्यक व्यवस्था मिलाउन सङ्घीय संसद् सचिवालय र सरकारका नाममा आदेश जारी गरेको थियो। फाउण्डेशनले आज विज्ञप्ति जारी गरी अदालतको आदेशको पालना गर्न गराउन सरकार, सामाजिक सङ्घसंस्था, आम न्यायप्रेमी जनसमुदाय र पत्रकारसमक्ष विशेष पहलकदमीका लागि अपिल गरेको हो।

'सरकार र दलित आयोगलगायतका सरकारी संरचना संविधानको धारा २४ र ४० मा प्रत्याभूत हकको प्रभावकारी कार्यान्वयनतर्फ उदासीन रहेको तथ्यलाई उजागर गर्दै अदालतले सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेशले समग्र दलित समुदायलाई आशावादी बनाएको छ,' विज्ञप्तिमा भनिएको छ।
    
अधिवक्ता प्रकाश नेपालीले संविधानको धारा २४ र ४० मा उल्लेखित दलितको हकको प्रभावकारी कार्यान्वयनका निमित्त उचित नीति तथा पर्याप्त र प्रभावकारी कानून निर्माणका लागि परमादेशको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

प्रकाशित मिति: १९:४२ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्