Kathmandu Press

त्रिविका स्थगित परीक्षा फागुन १ देखि हुने

काठमाडाैं, माघ १९ : काेराेना भाइरसकाे कारण स्थगित गरिएका परीक्षाहरू सञ्चालन हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका विभिन्न संकायका परीक्षाहरू फागुन...
त्रिविका स्थगित परीक्षा फागुन १ देखि हुने

काठमाडाैं, माघ १९ : काेराेना भाइरसकाे कारण स्थगित गरिएका परीक्षाहरू सञ्चालन हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका विभिन्न संकायका परीक्षाहरू फागुन १ गतेदेखि सुरू हुने भएकाे हाे।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक सुचना जारी गर्दै फागुन १ गतेदेखि परीक्षाा सञ्चालन हुने तालिका प्रकाशित गरेको छ।

Hardik ivf

विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ चार वर्षे वीएस्सी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ देखि नै हुनेछन्।

साथै, वार्षिक परीक्षा प्रणालीअनुसार ३ वर्षे एलएलवी तेस्रो वर्ष नियमित परीक्षा पनि फागुन १ देखि सुरू हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

त्यस्तै, विभिन्न संकायका परीक्षा तालिका र परीक्षा केन्द्रहरू कार्यालयले वेबसाइटबाट प्रकाशन गरेकाे छ।

प्रकाशित मिति: १८:३४ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्