सवारी दुर्घटना हुँदा हेटौंडामा एकको मृत्यु
मकवानपुर, माघ १९ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रातोमाटेमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा...
मकवानपुर, माघ १९ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रातोमाटेमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्वर ७ बस्ने ३७ वर्षीय शिवप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।
उनका अनुसार दिउँसो बाराबाट हेटौंडातर्फ आउँदै गरेको ना६ख ८४२५ नम्बरको बस र विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा सुवेदी गम्भीर घाइते भएका थिए। मोटरसाइकलमा सवार सुवेदीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।
यस्तै सोही दुर्घटनामा परी मोटरसाइकल चालक दोलखा बस्ने ४६ वर्षीय थनकप्रसाद दुलाल घाइते भएका छन्। उनको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ।












