Kathmandu Press

लगातारको हिमपातले इलामको जनजीवन कष्टकर

इलाम, माघ १९ : लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ। गएका वर्ष भन्दा यस पटक धेरै पटक...
लगातारको हिमपातले इलामको जनजीवन कष्टकर

इलाम, माघ १९ : लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ। गएका वर्ष भन्दा यस पटक धेरै पटक हिउँ परेको छ। 

इलामका उच्च पहाडी क्षेत्रमा यसवर्ष पटकपटक हिउँ झरेपछि सो क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको हो। चिसोका कारण विशेष गरेर घर बाहिरको काम गर्न मुस्किल भएको छ।

Hardik ivf

मंगलबार साँझबाट हिउँ झरेपछि उच्च पहाडी क्षेत्रका बासिन्दालाई समस्या भएको हो। यस पटक विगत भन्दा निकै तलसम्म हिउँ परेको स्थानीयवासीको भनाइ छ।

यस पटक भने जिल्लाको माइजोगमाई गाउँपालिकाको नयाँ बजारसम्म हिउँ परेको छ। सदरमुकामलगायत तल्लो क्षेत्रका मानिसलाई हिउँमा खेल्न रमाइलो हुने भए पनि माथिल्लो क्षेत्रका बासिन्दाले कष्टकर जीवन बिताउनुपरेको माइजोगमाई गाउँपालिका नयाँ बजारकी निर्मला बस्नेतले बताए।

यस पटक नयाँ बजारसम्म हिउँ परेको उनले बताए। जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, मेग्मालगायतका स्थानमा यसअघि पनि पटकपटक हिउँ झरेको भए पनि नयाँ बजारसम्म हिउँ परेपछि चीसो बढेको स्थानीयवासीको भनाइ छ।

यस पटक धेरै तल अर्थात माइमझुवा, टप्पु, नयाँ बजारलगायत धेरै तलसम्म हिमपात भएको छ। त्यस्तै राति जिल्लाका धेरै स्थानमा पानी समेत परेको छ। उच्च पहाडी क्षेत्रमा मात्र हिमपात र झरी परेपछि सदरमकाम इलामसहित जिल्लाका अन्य स्थानमा जाडो बढेको छ। जाडो बढेपछि विषेश गरेर बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ। 

हिउँ परेको स्थानमा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ। उनीहरुलाई दैनिक कामकाज गर्न समस्या भएको छ। गाईबस्तुलाई घाँस लगाउन झनै समस्या भएको छ।

लेकाली क्षेत्रमा यसबेला घर बाहिरको घाँस दाउरा काट्ने, आलु रोप्ने, मल बोक्नेलगायतका काम हुने गरेका छन्। तिनै काम गर्न नसकिने अवस्था आएको स्थानीयवासीको भनाइ छ।

प्रकाशित मिति: १६:४३ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्