Kathmandu Press

फोटो पत्रकार केसीमाथि भएको हातपातको एनएफपिएसकाे भर्त्सना 

फोटो पत्रकार केसीमाथि भएको हातपातको एनएफपिएसकाे भर्त्सना 

काठमाडौं, माघ १९ : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिएस) ले न्युज २४ का फोटोपत्रकार महेश्वर केसीमाथि भएको हातपातमाथि एक विज्ञप्ती जारी गर्दै उक्त घटनाको भर्त्सना गरेको छ। 

सामाखुसीस्थित ट्रिपल म्यानपावर कार्यालयमा समाचार संकलनका लागि पुगेका फोटो पत्रकार केसीमाथि हातपात भएको थियो। फोटोपत्रकार केसीको क्यामेरासमेत खोसिएको छ। 

म्यानपावरबाट खटिएका गुन्डााले हातपात गरेको तथा क्यामेरो खोसेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय फोटो पत्रकार समूहले सम्बन्धित निकायसँग पे्रसको संवैधानिक अधिकारको सम्मान तथा सुनिश्चितताको माग पनि गरेको छ।

 

 

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्