Kathmandu Press

सिटिइभिटीकाे स्थगित परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने

काठमाडाैं, माघ १९ : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) ले कोरोनाका कारण रोकिएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ।सिटिइभिटीले यही...
सिटिइभिटीकाे स्थगित परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने

काठमाडाैं, माघ १९ : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) ले कोरोनाका कारण रोकिएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने भएको छ।

सिटिइभिटीले यही माघ १५ गते बायो मेडिकलतर्फको प्रवेश परीक्षा र २२ गते प्री डिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो। माघ २७ गतेदेखि वार्षिक प्रणाली र सेमेस्टर प्रणालीतर्फ इन्जिनियरिङ, स्वास्थ्य, कृषिलगायतका विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।

Hardik ivf

सिटिइभिटीका आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षण संस्थाका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफीलगायत विभिन्न कार्यक्रमको पहिलो वर्ष दोस्रो खण्डका र तेस्रो वर्षको नियमित तथा आंशिकको परीक्षा फागुन ६ गतेदेखि हुने समय तालिका सार्वजनिक गरिएकाे छ।

त्यसैगरी डिप्लोमा इन इन्जिनियरिङका कार्यक्रमहरु, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्सलगायत कार्यक्रम प्रथम वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षा फागुन ६ गते बिहान ७ बजेदेखि हुने सिटिइभिटीले जनाएको छ।

विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम लोपोन्मुख जाति तथा भूकम्प प्रभावित) अन्तर्गतको परीक्षा फागुन ८ देखि हुने पनि जनाइएको छ।

समय तालिका www.ctevtexam.org.np मा हेर्न सकिनेछ।

प्रकाशित मिति: १३:१३ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्