Kathmandu Press

पितृ कार्यको खर्च कटाएर मानवसेवा आश्रममा भोजन

पोखरा, माघ १९ : पछिल्लो समय पितृकार्यमा हुने खर्च कटाएर मानवीय सेवामा समर्पित विभिन्न संघसंस्थालाई सहयोग गर्ने सामाजिक भावनाको विकास हुँदै गएको छ।समाजका असहाय,...
पितृ कार्यको खर्च कटाएर मानवसेवा आश्रममा भोजन

पोखरा, माघ १९ : पछिल्लो समय पितृकार्यमा हुने खर्च कटाएर मानवीय सेवामा समर्पित विभिन्न संघसंस्थालाई सहयोग गर्ने सामाजिक भावनाको विकास हुँदै गएको छ।

समाजका असहाय, अशक्त, बेसहारा, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवको उद्धार एवं पालनपोषणमा सहयोग पुर्‍यfउने लक्ष्यसाथ पितृको स्मरणमा सहयोग गर्ने चलन बढेको हो।

पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित म्युजियममार्ग निवासी लक्ष्मी खड्काले आफ्ना स्वर्गीय पति अमरबहादुरको १५औं पुण्य तिथिमा पोखरास्थित मानवसेवा आश्रम छोरेपाटनमा आश्रितहरुका लागि एक छाक खानाको व्यवस्था गरे। 

Hardik ivf

छोरा यमबहादुर र बुहारी पार्वतीसहित भोजन गराउन आश्रममा पुग्नुभएकी लक्ष्मीले भने, ‘आकाशलाई छानो र सडकलाई घर बनाएर बस्न बाध्य मानवको उद्धार गरेर उनीहरुका लागि पुनर्जन्म दिने संस्थालाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ।’

सो परिवारले एक छाक खाना बराबरको नगद रु. १५ हजार ५०० आश्रम कास्कीका सहसंयोजक सम्झना बर्तौला र साधिका मनिकला नेपालीलाई हस्तान्तरण गरे। आश्रममा हाल ६५ जना महिला तथा बालबालिका आश्रित छन्।

सो आश्रमबाट एक वर्षअघि ९५ जना बुबाहरुलाई पोखरा २५ हेमजास्थित आश्रममा सारिएको छ भने छोरेपाटन आश्रममा हाल महिला र आश्रित बालबालिकासहित ६५ जना रहेको सहसंयोजक  बर्तौलाले जानकारी दिए। ‘दुई छाक खानाभन्दा पनि आमा र बालबालिकाको औषधि उपचारमा बढी खर्च हुने गरेको छ,’ उनले भने, ‘सडकबाट उद्धार गरिएका अधिकांश आमा मानसिक रोगी हुनुहुन्छ मासिक औषधिमा मात्र ५० देखि ६० हजार खर्च हुने गरेको छ।’

सस्थाले आश्रम सञ्चालनका लागि हालै सञ्चालन गरेको भोजनका लागि भजन सन्ध्या कार्यक्रमबाट रु. ६ लाख भन्दा बढी आर्थिक संकलन भएको आश्रमका केन्द्रीय कोषाध्यक्ष एवं गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिनाले जानकारी दिए। 

उनका अनुसार आश्रममा आबद्धहरुको एक छाक खानाका लागि रु १५ हजार ५००, विशेष खानाका लागि २२ हजार ५०० र एक दिनको खानाका लागि ३५ हजार ५०० को व्यवस्था गरिएको छ।

२०७४ साल चैत १७ गते पोखरा र आसपासमा कष्टकर जीवन बिताउन बाध्य २३ जना सडक मानवको उद्धार गरेर सञ्चालन गरिएको आश्रमले हालसम्म ८२६ जनालाई सेवा प्रदान गरेको बताउँदै उनले भने, ‘२६२ जनालाई पारिवारिक पुनर्मिलन, उपचार पश्चात स्वेच्छाले ३०५ जना घर फर्किएको, ५१ जनालाई अन्य शाखामा स्थानान्तरण गरिएको छ, भने आश्रमको संरक्षणमा रहदा ५८ जना आमाबुबाको निधन भइसकेको छ।’ 

प्रकाशित मिति: १२:४१ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्