ओली सरकारले वर्तमान व्यवस्थाप्रति नै वितृष्णा फैलाउन खोज्यो : पौडेल
काठमाडौं, भदौ २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेतृत्वको सरकार वर्तमान व्यवस्थाप्रति वितृष्णा....
काठमाडौं, भदौ २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेतृत्वको सरकार वर्तमान व्यवस्थाप्रति वितृष्णा फैलाउन लागिपरेको आरोप लगाएका छन्।
वीपी जयन्तीका अवसरमा शनिबार कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले दुई तिहाइको सरकारले केही काम गर्न नसक्दा आमनागरिकमा वितृष्णा बढेको र त्यो वितृष्णाका कारण व्यवस्थामाथि नै खतरा उत्पन्न हुने बताए।
पौडेलले सरकार जानीजानी वर्तमान व्यवस्थाप्रति नै वितृष्णा फैलाउन लागेको हो कि भन्ने शंका उत्पन्न हुन थालेको बताए।
पौडेलले गुठी विधेयकका बेलामा माइतीघरको जनताको प्रदर्शन र रवि लामिछानेका पक्षमा चितवनमा भएको प्रदर्शन सरकारप्रतिको असन्तुष्टि भएको बताए।
जनताले आधार खोजेका बताउँदै पौडेलले यसबारे कांग्रेसले गम्भीर भएर सोचविचार गरी अघि बढ्न जरुरी रहेको बताए।






