विश्वकप छनोट : पाराग्वेविरुद्ध ब्राजिलको सानदार जित

काठमाडौं, माघ १९ : विश्वकप छनोट खेलमा ब्राजिलले पाराग्लेलाई फराकिलो अन्तरले पराजित गरेको छ। बुधबार बिहान भएको खेलमा ब्राजिल ४–० गोल अन्तरले विजयी भएको हो।
ब्राजिलको जितमा राफिन्हा, काउटिन्हो, एन्टोनी र रोड्रिगोले एकएक गोल गरे। राफिन्हाले २८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोल मात्रै गर्न सफल भएको ब्राजिलले थप तीन गोल दोस्रो हाफमा हानेको हो।
दोस्रो हाफको ६२ औं मिनेटमा काउटिन्होले गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाएका थिए। त्यस्तै ८६ र ८८ र्औं मिनेटमा एन्टोनी र रोड्रिगोले एकएक गोल गर्दै ब्राजिललाई ४–० को स्थितिमा पुर्याउँदै जित दिलाएका थिए।
जितसँगै ब्राजिलले १५ खेलमा ३९ अंक जोडेको छ ।ब्राजिल छनोटको शीर्ष स्थानमा रहेको छ भने पाराग्वे १३ अंकसहित नवौं स्थानमा रहेको छ।
ब्राजिलले विश्वकपमा यस अघि नै स्थान पक्का गरिसकेको छ ।











