पेरूसँग बराबरीमा रोकियो इक्वेडर
काठमाडौं, माघ १९ : विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा इक्वेडर बराबरीमा रोकिएको छ। बुधबार राती भएको खेलमा इक्वेडर र पेरुले १–१ को...
काठमाडौं, माघ १९ : विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा इक्वेडर बराबरीमा रोकिएको छ। बुधबार राती भएको खेलमा इक्वेडर र पेरुले १–१ को बराबरी खेलेका हुन्।
सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा इक्वेडर बराबरीमा रोकिएको हो। खेलको दोस्रो मिनेटमा माइकल एस्ट्राडाले गोल गर्दै इक्वेडरलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ६९ औं मिनेटमा एडिसन फ्लोरेसले गोल गर्दै पेरुलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै इक्वेडरले १६ खेलमा २५ अंक जोडेको छ। इक्वेडर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
पेरु २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
प्रकाशित मिति: ११:१७ बजे, बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











