Kathmandu Press

विश्वकप छनोट : कोलम्बियाविरुद्ध अर्जेन्टिना विजयी 

काठमाडौं, माघ १९ : विश्वकप छनोटमा अर्जेन्टिनाले कोलम्बियलाई पराजित गरेको छ। गएराति भएको खेलमा कोलम्बिया अर्जेन्टिनासँग १–० गोल अन्तरले पराजित भएको हो।  अर्जेन्टिनाको जितमा...
विश्वकप छनोट : कोलम्बियाविरुद्ध अर्जेन्टिना विजयी 

काठमाडौं, माघ १९ : विश्वकप छनोटमा अर्जेन्टिनाले कोलम्बियलाई पराजित गरेको छ। गएराति भएको खेलमा कोलम्बिया अर्जेन्टिनासँग १–० गोल अन्तरले पराजित भएको हो।  

अर्जेन्टिनाको जितमा लाउटरो मार्टिनेजले गरेको गोल निर्णायक बन्यो ।उनले खेलको २९ औं मिनेटमा गोल गरेका थिए। जितसँगैअर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई २९ खेलसम्म पुर्राएको हो ।

२०१९ बाट अर्जेन्टिनाले हार व्यहोरेको छैन ।अर्जेन्टिना १५ खेलमा ३५ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ।

अर्जेन्टिना यस अघि नै विश्वकपमा छनोट भईसकेको छ। कोलम्बिया १७ अंक जोडेर सातौं स्थानमा रहेको छ । 

प्रकाशित मिति: ११:०६ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्