Kathmandu Press

स्वर्गीय पत्रकार एलबी विश्वकर्माको परिवारलाई आर्थिक सहयोग

स्वर्गीय पत्रकार एलबी विश्वकर्माको परिवारलाई आर्थिक सहयोग

काठमाडौं,  माघ १९ : स्वर्गीय पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको परिवारलाई एक लाख आर्थिक सहयोग गरिएको छ । श्रमजीवी पत्रकार सङ्घ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले एक लाख स्वर्गीय पत्रकार विश्वकर्माकी श्रीमती निर्मला विकका नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको छ। 

टेलिभिजनले यसअघि विश्वकर्माको कीरिया खर्चवापत रु २१ हजार उपलब्ध गराएको थियो । टिभी टुडेमा कार्यरत विश्वकर्माको यही माघ ५ गते राति ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको थियो । 

पत्रकार विश्वकर्मालाई सुरुमा उपचारका लागि नयाँबानेश्वरस्थित सिभिल अस्पताल  पु¥याइएको थियो । रकम अभावका कारण विश्वकर्मालाई त्यहाँबाट फर्काइएको उनको आरोप छ । पत्रकार सङ्घ–सङ्गठनले समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार विश्वकर्माको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आएका छन् । 

अछामको रामारोशन घर भएका २६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय छोरा छन् ।  

प्रकाशित मिति: १०:१३ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्