Kathmandu Press

भरतपुरमा भूमिको निस्सा वितरण

मुग्लिन, माघ १९ : चितवनको भरतपुर महानगरमा लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गरिएको छ।राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगर १४...
भरतपुरमा भूमिको निस्सा वितरण

मुग्लिन, माघ १९ : चितवनको भरतपुर महानगरमा लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गरिएको छ।

राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरिएको हो। भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, वडा नं १४ का अध्यक्षसहितको टोलीले निस्सा वितरण गरेको छ।

Hardik ivf

पुर्जा वितरणको अन्तिम प्रक्रियाका लागि नापीको पनि काम सुरु भएको तिमिल्सिनाले जानकारी दिए। जिल्लाका तीन स्थानीय तहमा लालपुर्जा वितरणका लागि प्राविधिकसहितको टोली वडा वडामा खटिएको छ।

लालपुर्जा वितरण चाँडै गरिने अध्यक्ष तिमिल्सिनाले बताए। आयोगले भरतपुर महानगरपालिकाको ६ तथा कालिका नगर र माडी नगरका तीन–तीन वडाबाट पहिलो चरणमा काम सुरु गरेको हो।

भरतपुर महानगरमा मात्रै १० हजार २९,  कालिका नगरमा पाँच हजार ५५९ र माडीनगरमा पाँच हजार ४५६ दलित, भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन्। (रासस)

प्रकाशित मिति: ०८:३६ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्