Kathmandu Press

विदेशमा रहेका युवाको सहयोगमा एम्बुलेन्स

टीकापुर, माघ १९ : रोजगारीका सिलसिलामा विदेशमा रहेका कैलालीको टीकापुर नगरपालिका–८ का युवाले एम्बुलेन्स सहयोग गरेका छन्।धनसिंहपुर प्रवासी युवा समितिले टीकापुर नगरपालिका–८ स्थित...
विदेशमा रहेका युवाको सहयोगमा एम्बुलेन्स

टीकापुर, माघ १९ : रोजगारीका सिलसिलामा विदेशमा रहेका कैलालीको टीकापुर नगरपालिका–८ का युवाले एम्बुलेन्स सहयोग गरेका छन्।

धनसिंहपुर प्रवासी युवा समितिले टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। युवाले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि सहयोग पुगोस भन्दै एम्बुलेन्स खरीद गर्नका लागि आफ्नो कमाइको केही अंश सहयोग गरेका हुन्।

Hardik ivf

धनसिंहपुर प्रवासी युवा समितिका अध्यक्ष ओमबहादुर साउदले सहयोग रकमले एम्बुलेन्स खरीद गरी स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको बताए। 'यो सहयोग रोजगारीका लागि देश बाहिर गएका युवाको गाउँका नागरिकलाई देखाएको माया हो,' उनले भने। विभिन्न देशमा रोजगारी गर्दै आएका यहाँका २२ युवाको आर्थिक सहयोगमा ११ लाख ७६ हजारमा एम्बुलेन्स खरीद गरिएको हो।

एम्बुलेन्सको साँचो बुझ्दै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले एम्बुलेन्स सहयोगका  लागि धन्यवाद दिए। 'एम्बुलेन्स टीकापुर नगरपालिकाको सम्पत्तिका रुपमा जोडिएको छ। पैसा भएकाले होइन, समाजसेवा र सहयोग गर्ने मन भएकाले मात्र यो गर्न सक्छन्,' उनले भने। हाल नगरपालिकाले रेडक्रसमार्फत सुत्केरी र गर्भवतीलाई सेवा दिन एम्बुलेन्स सञ्चालन गरिरहेको छ।

टीकापुरमा हाल योसहित आठ एम्बुलेन्स सञ्चालनमा छन्। नगरपालिकाले हरेक वडामा एउटा एम्बुलेन्स सञ्चालन गर्ने योजनाअनुरुप काम गरिरहेको छ। (रासस)

प्रकाशित मिति: ०७:५४ बजे, बुधबार, माघ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्