बालिकाको बलात्कारपछि हत्या
विराटनगर, माघ २० : मोरङको विराटनगर महानगरपालिका–८, बलुवाहीकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको खुलेको छ ।
गत शनिबार साँझ घर....

विराटनगर, माघ २० : मोरङको विराटनगर महानगरपालिका–८, बलुवाहीकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको खुलेको छ ।
गत शनिबार साँझ घरबाटै हराएकी बालिकाको अर्को दिन शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएको मोरङ जिल्ला प्रहरी कार्यालयका एसपी मनोज केसीले बताए ।
उनका अनुसार, बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको छ । शंकास्पद ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसपी केसीले बताए ।
प्रहरीका अनुसार, विराटनगर–८ का २५ वर्षीय अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोले अपराध स्वीकारेका छन् । दुवै जना लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आजै पत्रकार सम्मेनल गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार, बलात्कार पछि हत्या गरिएको हो । हत्या गरेपछि शव खोलामा फालेको जनाएको छ ।











