Kathmandu Press

सुजलको गाेलमा मोरिससविरुद्ध नेपाललाई अग्रता, किरणले बचाए पेनाल्टी

काठमाडाैं, माघ १८ : दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले सुरुआतमै अग्रता लिएको छ। अफ्रिकी मुलुक मोरिसविरुद्ध नेपालले १०औं मिनेटमा अग्रता लिएको...
सुजलको गाेलमा मोरिससविरुद्ध नेपाललाई अग्रता, किरणले बचाए पेनाल्टी
तस्बिर सुजल बज्राचार्य ।

काठमाडाैं, माघ १८ : दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले सुरुआतमै अग्रता लिएको छ। अफ्रिकी मुलुक मोरिसविरुद्ध नेपालले १०औं मिनेटमा अग्रता लिएको छ।

नेपालका लागि सुजल श्रेष्ठले गोल गर्दैं टिमलाई अग्रता दिलाए । उनले डिबक्स भित्रबाट आशिष लामाले उपलब्ध गराएको पासमा नजिकैबाट गोल गरेका थिए।

नेपालले गोल गरेको २ मिनेटपछि नै मोरिससले बराबरी गर्ने सुन्दर अवसर गुमायो । १२ औं मिनेटमा प्राप्त पेनाल्टीमा मोरिसका खेलाडीका प्रहार किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए ।

दिनेश राजवंशीले मोरिससका खेलाडीलाई डिबक्समा लगाएपछि मोरिससले पेनाल्टी पाएको थियो।

दुई मैत्रीपूर्ण खेलका लागि मोरिस नेपाल आएको हो । गत शनिबार भएको पहिलो खेलमा नेपाल १–०ले विजयी भएको थियो।

 

प्रकाशित मिति: १७:०७ बजे, मंगलबार, माघ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्