हेटौंडाका स्वास्थ्यकर्मीले अझै पाएनन् कोरोना जोखिम भत्ता
हेटौंडा, माघ १८ : कोरोना महामारीको दोस्रोचरणको जोखिम भत्ता मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले अहिलेसम्म नपाएको गुनासो गरेका छन्। सङ्घीय सरकारले कोरोना सङ्क्रमण नियन्त्रणमा खटेका...
हेटौंडा, माघ १८ : कोरोना महामारीको दोस्रोचरणको जोखिम भत्ता मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले अहिलेसम्म नपाएको गुनासो गरेका छन्। सङ्घीय सरकारले कोरोना सङ्क्रमण नियन्त्रणमा खटेका स्वास्थ्यकर्मीलाई सम्बन्धित स्थानीय तहलाई भत्ता दिन निर्देशन दिएको थियो । जसअनुसार समयमा भत्ता दिनुपर्ने भए पनि सो उपमहानगरपालिकाले उपलव्ध नगराएको स्वास्थ्यकर्मीको गुनासो रहेको छ।
उता मकवानपुरको एक नगरपालिकासहित आठ वटा गाउँपालिकाले प्रथम र दोस्रो चरणको जोखिम भत्ता उपलब्ध गराए पनि हेटौँडा उपमहानगरपालिकाले दोस्रो चरणको भत्ता नदिएको पाइएको छ। हेटौँडा उपमहानगरपालिकामा १०१ जना स्वास्थ्यकर्मी रहेकोमा दोस्रोचरणको ३० जना स्वास्थ्यकर्मीले भत्ता पाउनुपर्ने उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए।
उनले स्वास्थ्यकर्मीबाहेक अन्य कर्मचारीले भत्ता माग गरेकाले अहिले वितरणमा समस्या भएको बताउनुभयो । प्रथमचरणको महामारीमा खटने सबैलाई ५० प्रतिशतका दरले भत्ता दिइएको थियो । दोस्रोचरणमा आइसोलेशन र कारोना उपचारमा प्रत्यक्ष खट्ने ३० जना रहेपनि भत्ता दिने प्रक्रिया अहिलेसम्म नबढेको चौलागाईं भनाइ छ ।
जिल्लामा हेटौंडा उपमहानगरपालिकाबाहेक भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका, मनहरि गाउँपालिका, थाहा नगरपालिका वकैया गाउँपालिका, बागमती गाउँपालिका र राक्सिरागङ गाउँपालिकाले प्रथम र दोस्रोचरणका जोखिम भत्ता वितरण गरिसकेको बताइएको छ । हेटौंडा उपमहानगरपालिकाले ढिलोगरी प्रथमचरणको जोखिम भत्ता एक वर्षपछि उपलव्ध गराएको थियो।











-1782735246.jpeg)