Kathmandu Press

राक्सिराङमा कोरोनाविरुद्ध खोप अभियान

बागमती, माघ १८ : बागमती प्रदेशका भौतिक पूर्वाधार विकास  राज्यमन्त्री सन्तबहादुर चेपाङको पहलमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा कोरोना सङ्क्रमण विरुद्धको खोप अभियान सुरु...
राक्सिराङमा कोरोनाविरुद्ध खोप अभियान
फाइल तस्बिर

बागमती, माघ १८ : बागमती प्रदेशका भौतिक पूर्वाधार विकास  राज्यमन्त्री सन्तबहादुर चेपाङको पहलमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा कोरोना सङ्क्रमण विरुद्धको खोप अभियान सुरु भएको छ ।
 
सो गाउँपालिका–६ र ७ मा गरी ६ वटा केन्द्र तोकेर कोरोनाविरुद्धको  भेरोसिल र कोभिसिल्ड खोप लगाउन सुरु गरिएको सो गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकरी दिए। गाउँपालिका–६ र ७ मा  करिब एक हजार ५०० जनालाई खोप लगाउने लक्ष्य रहेको कापरीको भनाइ रहेको छ।

यसअघि राक्सिराङ गाउँपालिकाको ६ र ७ बाहेक सबै वडामा शिविर राखेर खोप अभियान सुरु गरिएको थियो, जस अन्तर्गत चार हजार भन्दा बढीले खोप लगाएको स्वास्थ्य शाखाले जनाएको छ । 

Hardik ivf

कोरोना महामारीबाट जोगिनका लागि टोल–टोलमा खोप अभियान सुरु गर्दा खोप अभियान सफल हुने र कारोना महामारीबाट बच्ने राज्यमन्त्री चेपाङको भनाइ रहेको छ । सोमबारदेखि सुरु भएको सो अभियान तीन दिनसम्म चल्ने छ । सो अभियानवाट सोमबार २५४ जनाले खोप लगाएको बताइएको छ ।
 
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाको  खोप केन्द्र धेरै टाढा भएकोले टोल–टोलमा पुगेर खोप अभियान सुरु गरिएको र यो  अभियान सफल हुँदै गएको बताए। 

त्यहाँ चेपाङ र मगर समुदायको  बस्ती रहेको छ ।
 

प्रकाशित मिति: १६:२३ बजे, मंगलबार, माघ १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्